तनहुँमा छोराले गरे आफ्नै आमाको हत्या

Posted on: 22 Jan, 2021

माघ ९, तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । बिहीबार प्रहरीले ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी ७२ वर्षीया आफ्नै आमा लक्ष्मी दरैको हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार प्रेमले दाउरा प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!