विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा बम डिस्पोज

Posted on: 23 Jan, 2021

माघ १०, काठमाडौँ | बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा शुक्रबार राति विष्फोट भएको छ ।

विष्फोटको ठूलो आवाज आएको तर के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको हुनसक्ने आशंकापछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

विप्लब समूहले आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्द आह्वान गरेको छ । बम बिष्फोट विप्लब समुहले गरेको हुनसक्ने प्रहरी आंकलन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!