शरीर बन्धक बनाई जबरजस्ती करणी कसुरका फरार अभियुक्त पक्राउ

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौं । शरीर बन्धक बनाई जबरजस्ती करणी कसूरका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको जुगल गा.पा.-४ गुन्टे गाँउ घर भएका २४ वर्ष कैलाश भन्ने रोहन नेपालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरेको हो ।

उनले गत असोजमा एक युवतीलाई घर पुर्‍याई दिने भनी मोटरसाइकलमा लगेर सिन्धुपाल्चोक जुगल गा.पा.-४ स्थित मान्जे भन्ने ठाँउमा लगी अन्य प्रतिवादीहरूसँग मिलेर युवतीलाई जबरजस्ती करणी गरी गरगहना समेत लुटपाट गरेका थिए । 

सो घटना पश्चात फरार भएका रोहनलाई कारवाहीको लागी जिल्ला  प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!