सिरहामा दूधे बालक बेपत्ता : अपहरणको आशङ्का

Posted on: 03 Feb, 2021

माघ २१, सिरहा । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् । आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । 

घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिनुभयो । हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताउनुभयो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!