अवरुद्ध वामीको विद्युत् सेवा सञ्चालन

Posted on: 05 Aug, 2016

 साउन २१, गुल्मी । अविरल वर्षाका कारण पहिरोले बाँध बगाएपछि गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालनमा आएको छ । 

वामी गाविसअन्तर्गत रहेको उक्त परियोजनाको करिब दश मिटर नहर बगाई दिएपछि उक्त क्षेत्रको विद्युत् सेवा ठप्प बनेको थियो । पहिरोले बगाइदिएको बाँध र पुरिदिएको नहरलाई मर्मत गरेपछि दुई सातादेखि अवरुद्ध विद्युत् सेवा पुन सञ्चालन भएको उक्त परियोजनाका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । 

विद्युत् अवरुद्ध भएपछि वामी र मुसीकोट गाविसका करिब एक हजारभन्दा बढी उपभोक्ता अँध्यारोमा बस्न बाध्य बनेका थिए । विद्युत् सेवा सञ्चालन भएसँगै अवरुद्ध स्थानीय सञ्चारमाध्यमसमेत सञ्चालनमा आएको सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख अनिश गैरेले बताउनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!