भैसिले हानेर एक महिलाको मृत्यु

Posted on: 05 Aug, 2016

प्रज्वल पाैडेल | साउन २१, रामेछाप | रामेछापको कठजोरमा भैसिले हानेर शुक्रबार विहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ३ बजेतिर मन्थलि नगरपालिका वडा न ५ कठजाेरमामा अाफ्नै घरकाे भैसिले किलो उखेलेपछि समातेर बान्ने क्रममा भैसिले हान्दा मिना बुढाथोकिको मृत्यु भएको हो । भैसिले मृतक बुढाथोकिको पेट र छातिमा चाेटलागेपछि घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मृतक मिना दिपक बुढाथोकीकी पत्नी भएको बताइएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!