थप ८० जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् । कोरोनाका कारण हालसम्म नेपलमा २०६१ जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!