रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ । टेलिभिजन प्रस्तोता एवं सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । मंगलबार देखि ‘ग्यालेक्सी फोरके’ नामक टिभीको प्रशारण गरिने भएको हो । उक्त टिभीका लामिछाने म्यानेजिङ डाइरेक्टर छन् ।

उनले नेपालमा पहिलो फोरके टिभी ल्याएको बताए। जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको कार्यक्रममा बोल्दै उनले बताए । उक्त टेलिभिजनमा को बन्छ करोडपति,रामायण लगायतका रियालिटी सो पनि हुनेछ । 

यसअघि रवी लामिछानेले न्युज २४ मा सिधाकुरा जनतासँग कार्यक्रम चलाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!