राष्ट्रपतिले पशुपतिमा जलहरी राखेकै दिन नराख्न सर्वोच्चको आदेश

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले पशुपतिनाथ मन्दिरमा जलहरी राखेकै दिन सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गर्दै जलहरी नराख्न आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम दिएको हो ।

यसअघि बुधबार राष्ट्रपति भण्डारीले सो क्षेत्रमा सुनको जलहरी अनावरण गरेकी थिइन् । सरकारको १०८ किलोको सुनको जलहरी पशुपतिमा अर्पण गर्ने निर्णय बिरुद्ध प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले सर्वोच्च अदालतमा रिट दाएर गरेका थिए ।

सर्वोच्चले रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफल गर्न बोलाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!