साइबर ब्युरोको नाम राखेर फेसबुक पेज खोल्ने पक्राउ

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौँ । प्रहरीले साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको हो ।

ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले बताए । 

उनलाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!