रामेछापमा चट्याङ लागेर एक बालिकाको मृत्यु

Posted on: 06 Aug, 2016

प्रज्वल पौडेल/साउन २२, रामेछाप । चट्याङ लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । 

बेलुका करिब साढे ८ बजेतिर परेको चट्याङले पुरानागाउँ(१ का झनक बहादुर श्रेष्ठकी साढे २ बर्षीय छोरी निरुता श्रेष्ठको चट्याङ लागेर मृत्यु प्रहरीले जनाएको छ । 

मृतक बालिकाको शव शनिबार पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाइएको रामेछापका प्रहरी प्रवक्ता मख्खन प्रसाद यादवले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!