मन्थली नगरपालिकाले एकिकृत सम्पति कर लागु गर्ने

Posted on: 06 Aug, 2016

प्रज्वल पौडेल/साउन २२, रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ । 

नगरपालिकाले शनिबार सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारीबारे जानकारी गराएको हो । मन्थलि नगरपालिका भित्र जग्गाजमिन भएका सर्बसाधारणहरुले आफ्नो जग्गा र उक्त जग्गा भित्र बनेका घर, टहरो लगायतको भौतिक संरचनाहरुको एकीकृत सम्पति कर तिर्नु पर्ने नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको बताए ।

 एकीकृत सम्पती कर तिरेपछि मालपोतमा गएर तिरो तिरिरहनु नपर्ने एकिकृत सम्पत्ति करबिज्ञ खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । भौतिक संरचनाहरुको कर के कति तिर्ने भन्ने बिषयमा नगरपालिकाले गठन गरेको मुल्यांकन समितिले निर्णय गर्ने बताइएको छ । 

मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थली नपाका वडा संयोजक, वडा सचिव र राजनीतिक दलका प्रतिनिधिहरुलाई करबिज्ञ खगेन्द्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!