दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप पुस १४ वाट हुने

Posted on: 06 Aug, 2016

साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो पुस १४ गतेबाट २३ गतेसम्म हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा टोलीलेसहभागिता जनाउने बताए । प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङदी सहित नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र पुलिसको एपिएफ, झापा ११ तथाभारत, भुटान र बंगालादेश सहित हेटौँडाको विजय युथ क्लबको सहभागिता रहने जनाईएको छ । प्रतियोगिताको विजयी टीमले यो वर्षबाट ५ लाख नगद सहितशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामाविधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशीले मकवानपुरे खेल क्षेत्रलाई आफ्नौ सदैब साथ तथा सहयोग जारी रहने बताए । कार्यक्रममाबोल्दै एमाले मकवानपुरका नेता तथा जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष हरिबहादुर महतले खेल क्षेत्रको विकासको लागि सबै मकवानपुरे एक भएरलाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका माइकल रामचन्द्र अर्याल, पत्रकार प्रताप विष्ट, जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधवतिमल्सिना लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताको आयोजनाको लागि ५० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!