सिमेन्ट लिएर आउदै गरेको ट्रक त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु

Posted on: 09 Mar, 2021

फागुन २५, धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज  दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । 

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!