सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला

Posted on: 25 Mar, 2021

चैत १२, सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहिबार जिल्लाको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।

रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा भेटिएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!