पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस दुर्घटना

Posted on: 08 Aug, 2016

साउन २४, पोखरा । पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस कास्कीको ठूलढुङ्गामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको छोरेपाटनबाट ११ किलोमिटर पर स्याङजा जिल्लाको सिमा क्षेत्र नजिकै बस दुर्घटनामा परेको हो ।

ना ४ ख ३३२१ नम्बरको बस कास्कीको ठूलोढुंगा स्थित सडकबाट तल खसेको प्रहरीले जनाएको छ । झण्डै साढे दुई बजे भएको दुर्घटनामा  मानविय क्षती नभएको छोरेपाटन प्रहरी चौकीका असइ कृष्ण कान्त अर्यालले जानाकारी दिए । बसमा १७ जना सवार रहेको अर्यालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!