हस्तीचौर सेवा समाजद्धारा सहयोग

Posted on: 08 Aug, 2016

प्रेम सुनार | साउन–२४, गुल्मी ।  हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्चले गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । हाल कतारमा रहेका मञ्चका उपाध्यक्ष प्रकाश खत्रीको नेतृत्वमा त्यहाँ संकलन गरिएको ४० हजार ५ सय २० रुपैयाँ नगद सहयोग रकम वडागाउँको दजाकोट पुगेर समितिलाई हस्तान्तरण गरिएको हो । उक्त रकम हस्तान्तरण गर्न मञ्चका अध्यक्ष पुष्कर पन्थी र कोषाध्यक्ष वावुराम पन्थी पुगेका थिए ।

यस अघिका दिनहरुमा पनि मञ्चले गाउँका विभिन्न पिडितहरुलाई आर्थिक सहयोग गरेको थियो । मञ्चले हस्तीचौर ३ का अज्ञात रोग पिडित गोविन्द कुँवर, वडा नम्वर ४ का मुटुरोग पिडित डिलबहादुर बिक, वडा नम्वर ३ गुर्वाका पिडित लक्ष्मण महत र हाल वडा नम्वर १ मल्दीका बाढि पहिरो पिडितहरुलाई पनि सहयोग गरेको छ ।

मञ्चका स्थानिय समिति उपाध्यक्ष प्रकाश खत्री, सचिव सन्तोष कुँवर क्षेत्री, कोषाध्यक्ष प्रकाश खत्री लक्ष्मण खत्री लगायतले सहयोगदाता सवैमा आभार प्रकट गरेका छन् । हस्तीचौर सेवा समाज विश्व सम्पर्क मञ्च  आगमी वर्ष त्यस गाविसमा एम्वुलेन्स सेवा सञ्चालन गर्ने अभियानमा समेत जुटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!