डडेल्धुरा जिल्लामा सिघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालन गरिदै

Posted on: 08 Aug, 2016

साउन २४, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सिघ्र कुपोषण एकिकृत व्यवस्थापन परियोजना सञ्चालन गरिने भएको छ । कुपोषित बालबालीकालाई उपचारार्थ पद्धतिबाट स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ यस वर्ष देखि सञ्चालन हुने जिल्ला स्वस्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

आज एक कार्यक्रमका बीच कार्यक्रमको बारेमा जनकारी गराउदै साझेदार संस्था आसमान नेपालले कार्यक्रम अन्र्तगत एक वर्षमा ३५ लाख बिभिन्न सूचकाङ्कका आधारमा खर्च गर्ने जनाएको छ । आसमान नेपालको प्राविधिक सहयोगमा कुपोषित वालवालिकाहरुका लागि तयारी पोषणयुक्त खाद्य पदार्थ वितरण गर्ने कार्यक्रम रहेको समेत जनाईएको छ । जिला प्रस्तावित ४ स्थानमा सिघ्र पोषण सुधार केन्द्र स्थापना गरिने निमित्त जिल्ला स्वास्थय प्रमुख भोजराज भट्टले बताएका छन ।

यसैबीच उता बैतडीमा पनि शीघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले बैतडीमा ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुमा रहेको कुपोषणको उपचार गर्न र नयाँ जन्मने बालबालिकाहरुमा कुपोषण नहोस भन्नका लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । बैतडीका बालबालिकाहरुमा ३.७ प्रतिशतमा कडा कुपोषण देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!