डडेल्धुरामा गाँजा चरेशको बिक्रि–बितरण कार्य बढ्दो, सम्बन्धित निकाय मौन

Posted on: 08 Aug, 2016

ललित बोहरा । साउन २४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा गाँजा चरेशको बिक्रि–बितरण कार्य मौलाएको भएपनि सम्बन्धित निकाय मौन बसेको छ । 

स्थानिय अभिभावकहरुका अनुसार जिल्ला सदरमुकामका तुफानडाँडा, खलङ्गा बजार र बगरकोट क्षेत्रका केहि पसलहरुले गाँजा अत्तरको बिक्रि–बितरण गर्ने गरेका भएपनि सम्बन्धित निकायले चासो दिएका छैनन । ड्युटिमा बसेका सुरक्षाकर्मीहरु नै यसको सेवन गर्ने भएकाले सम्बन्धित निकाय सगं यो कुरा नपुगेको हुनसक्ने अभिभावकहरुको गुनासो छ । बिशेष गरी जिल्ला सदरमुकामका युवा बिद्यार्थीहरु यसको कुलतमा परी रुमल्लिरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!