२४ घण्टामा ४९० जना कोरोना संक्रमित थपिए,मृतकको संख्या कति पुग्यो ?

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा ४९०मा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हाल सम्म कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । 

२४ घन्टामा १५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्म नेपालमा संक्रमण मुक्तहुनेहरुको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको मन्त्रलायको तथ्यांक छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ४८ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!