नक्कली सुन देखाई ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 15 Apr, 2021

वैशाख २, काठमाडौँ । नक्कली सुन देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धादिङको रुबीभ्याली तिपलिङ्ग घर भई काठमाडौँको टोखा बस्ने २२ वर्षीय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।  

उनले विभिन्न व्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बनस्थलीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाडौँ पठाईएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!