धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

Posted on: 18 Apr, 2021

वैशाख ५, धादिङ (रासस) । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो ।

आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् ।

काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!