आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा बालिकाको मृत्यु

Posted on: 20 Apr, 2021

वैशाख ७, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।

घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  दाङले  जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!