१६ सय ६७ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६७ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा१ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घन्टामा २ सय ५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । नेपालमा पछिल्लो समय कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार १ सय २ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!