विदेश जान लागेका १२२ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइयो

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । अध्यागमन विभागले विदेश जान लागेका १२२ जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्काएको छ । कोरोनाभाइरस परीक्षणको नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा उनीहरुलाई फर्काईएको हो । 

काठमाडौँको सिनामंगलस्थित सूर्या हेल्थ केयरको पीसीआर रिपोर्ट भएकाहरुलाई विदेश जान रोक लगाईएको हो । यसअघि मंगलबार उक्त ल्याबमा प्रहरीले छापामारेको थियो । स्वाब नै संकलन नगरी चर्को रकम असुलेर नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो ।

विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु प्रतिनिधिको रोहबारमा सूर्या हेल्थकेयर प्रा.लिको सेवा हाललाई बन्द गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट ९ हजार लिएर नक्कली पिसिआर रिपोर्ट !


यस बिषयमा तपाइको प्रतिक्रिया...!