नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर २४ घण्टामा ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा  पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । 

मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!