वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । सरकारले वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बिहिबार देखि जापान,अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा नयाँ वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो । 

नयाँ भेरियन्ट सहितको कोभीड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेश जारी भएकाले ति देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिए । 

ति देशमा अध्ययनरत विद्यार्थीहरुको हकमा भने वैदेशिक अध्ययन स्वीकृतीपत्र (No Objection Letter) दिने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!