२४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

Posted on: 22 Apr, 2021

वैशाख ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय १७ पुगेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार १ सय ५२ पुगेको सरकारको तथ्यांक छ ।  

गत २४ २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २ सय ५२ जना संक्रमण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्तहुनेहरुको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ  । हाल नेपालमा १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!