दाङमा इनारमा डुबेर मृत्यु

Posted on: 23 Apr, 2021

वैशाख १०, दाङ । यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!