डोटीमा सडक खन्दा ढुङ्गा लागेर मृत्यु

Posted on: 23 Apr, 2021

वैशाख १०, डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् । 

खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो । जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरीयाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!