होम आइसोलेसनमा बसेका संक्रमितले गरे आत्महत्या, उपचाररत ३ संक्रमितको मृत्यु

Posted on: 25 Apr, 2021

वैशाख १२, काठमाडौं । बाँकेमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । जसमध्य एक जनाले आत्महत्या गरेका हुन् । 

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा सनिबार साँझ आत्महत्या गरेका हुन् । खत्रीलाई गत वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!