डडेल्धुरामा खोलामा बगेर फेरी एक जनाको मृत्यु

Posted on: 09 Aug, 2016

साउन २५, डडेल्धुरा । डडेल्धुरामा खोलामा वगेर फेरी एक जनाको मृत्यु भएको छ । 

आलिताल गाविस स्थित सुनखोलामा आएको वाढीले वगाउँदा सोही गाविस वडा नम्वर ३ का ४६ वर्षीय प्रयागराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आलीतालको घुम्ती वजार वाट सोमवार वेलुकी घर जाने क्रममा  खोलाले वगाएका जोशी लाई घर परिवारले खोजी गर्दा आज विहान ५ सय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनु भयो । राती घरमा नआएपछि आज विहान परिवारले मृतक जोशीको खोजी गरेका थिए ।

यसरी सोमवार भित्रि मधेशको परशुराम नगरपालीका स्थित रंगुन नदीले वगाउँदा एक जना महिला लक्ष्मी देवि भट्टराइको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!