पाँचथरमा एन्टिजेन्टको अभाव,अक्सिजन किन्न पाइएन

Posted on: 05 May, 2021

कमल घिमिरे।बैशाख२२।पाँचथर, पाँचथरको फिदिममा एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन नसकेको बताइएको छ । बुधबार बसेको बैठकमा अस्पताल र उपलब्ध सामाग्रीको बारेमा छलफल गरिएको थियो । छलफलमा स्वास्थ्य कार्यालय पााचथरका प्रमुख,पाँचथर असपतालका प्रमुख,समर्पित र पाथिभरा असपतालका प्रतिनिधी तथा रेडक्रसका सभापतिको उपस्थिती रहेको थियो ।

बैठकका अनुसार किट किन्न नपाइनुका साथै पाँचथर अस्पतालले अक्सिजन किन्न खोज्दा पनि नपाएको बताइएको छ । चार थान भेन्टीलेटर आएको तर चलाउने मान्छेको अभाव रहेको बताइएको छ । 

पाँचथरमा २० वटा एम्बुलेन्स रहेको र जिल्लाका तीन वटै अस्पतालमा २१ आइसुलेशन बेड रहने र कृषी सामाग्री केन्द्रमा क्वारेन्टाइन निर्माण गरिने बैठकले निर्णय गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!