राष्ट्रिय समाचार समितिका क्षेत्रीय प्रमुख सुवेदीलाई पत्रकारिता पुरस्कार

Posted on: 10 Aug, 2016

साउन २६, पोखरा । राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख निमदत्त सुवेदीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । 

प्रेस चौतारी पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिसमा सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । 

प्रतिभा छनोटका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरको संयोजकत्वमा प्रेस चौतारी, कास्कीका अध्यक्ष माधव बराल, सचिव अर्जुन गिरी, दुर्गा भण्डारी र दीपेन्द्र श्रेष्ठ रहनुभएको प्रतिभा छनोट समिति गठन गरिएको थियो । 

प्रेस चौतारीको संस्थागत विकासका साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सुवेदीलाई सम्मान गर्न लागिएको प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले बताउनुभयो । 

पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको जानकारी दिँदै उहाँले निकट भविष्यमा नै एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिने बताउनुभयो । सुवेदी पत्रकारिता क्षेत्रमा २०३९ सालदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!