स्याङ्जामा खोलाले बगाएर बालिकाको ज्यान गयो

Posted on: 10 Aug, 2016

साउन २६, वालिङ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव आज बिहान फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन् । 

स्थानीय फ्युचर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव आज शिर खोलाको किनारमा बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!