त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे

Posted on: 16 May, 2021

 जेठ २, नुवाकोट (रासस) । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्ड्ले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ । 

मन्त्री भएपछि पहिलो पटक आज गृहजिल्ला आउनुभएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै  सघन उपचार  र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या त्था तत्कालै अपनाइनुपर्नेे रणनीतिबारे जानकारी गराउनुभएको थियो । 

त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ । 

यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिण्डर अस्पताललाई आज हस्तान्तरण गरिएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!