सङ्खुवासभामा दुई संक्रमितको मृत्यु

Posted on: 21 May, 2021

जेठ ७, सङ्खुवासभा | सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार  दिउँसो दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो । 

सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!