डडेल्धुराको भालुमारेमा बस दुर्घटना, ७ जना घाइते, गर्भवती महिला गम्भिर

Posted on: 11 Aug, 2016

साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जादैँ गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ७४८६ नम्बरको बस दुर्घटना हुदाँ बसमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडकको सतह चिप्लो भएका कारण बस दुर्घटना भइ एक बल्ड्याङ पल्टिएको प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले बताएका छन । 

घाइते ६ वटै उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गरी फर्किएका छन । बसमा २५ जना सवार रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!