त्रिशूली अस्पताललाई पाँच आइसियू श्यया हस्तान्तरण

Posted on: 01 Jun, 2021

जेठ १८, त्रिशूली (रासस) । जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच  विद्युतीय आईसीयू  श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत  अस्पताललाई  आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ ।   

बचत तथा ऋणको सेवा पु¥याउँदै आएका सहकारीको छाता संस्था  सङ्घलाई सो कार्यका लागि  ‘नेपाली इन ओकायामा जापान’ नामक संस्थाले पनि सहयोग गरेको जनाइएको छ ।  सङ्घ अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार हस्तान्तरित ती उपकरणको मूल्य १८ लाख रहेको छ ।

अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले अस्पतालमा हाल आइसियू श्यया ११ पुगेको छ भने भेन्टिलेटर छ जडान गरिएको छ । अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ ।

कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ ।  पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!