रेडक्रस उपशाखा नागदहको अधिबेशन सम्पन्न

Posted on: 12 Aug, 2016

साउन २८, रामेछाप । रेडक्रस उपशाखा नागदह रामेछापको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले सभापतिमा आश बहादुर तामाङ  उपसभापतिमा लेखनाथ दाहाल, सचिवमा लिला बहादुर बस्नेत, सहसचिवमा कैलाश तिम्लसेना र कोषाध्यक्षमा मैया तामाङलाई निर्विरोध चयन हुनुभएकोे छ ।

रेडक्रस रामेछापका जिल्ला सदस्य जगन्नाथ दाहालको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा उपशाखाका सदस्यहरुको सहभागिता थियो । ९० जना आजिवन सदस्य रहेको नागदह उपशाखाले गाबिसमा बिभिन्न सामाजिक काम गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!