सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Posted on: 13 Jun, 2021

जेठ ३०, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो । 

यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताउनुभयो ।

देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भन्नुभयो, “विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ ।

” उहाँले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!