दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु

Posted on: 18 Jun, 2021

असार ४, देउखुरी (रासस) । देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् ।

आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि  लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको  बालिकाकी आमा सरिताले जानकारी दिनुभयो ।  

ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु 

 ट्र्याक्टरको ठक्करबाट गएराति जिल्लामा एक पैदलयात्रुको मृत्यु भएको छ । तुलसीपुर–घोराही सडक खण्डको कपासेबगिया भन्ने ठाउँमा रा१त ३२६९ नंको ट्र्याक्टरले  ठक्कर दिँदा  पैदल हिँडिरहेका घोराही उपमहानगरपालिका–१६ का ४७ वर्षीय खलसिंह विकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!