नौ वटै तहमा खोप अभियान

Posted on: 18 Jun, 2021

असार ४, बाजुरा | नौ वटै स्थानीय तहमा शुरु भएको खोप अभियानअन्तर्गत बाजुरामा हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् । चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन शुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । 

बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानिय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तको भनाइ छ । 

जिल्लामा  ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!