दक्षिण कोरियामा कोभिडका सङ्क्रमित घट्दै

Posted on: 18 Jun, 2021
असार ४, (रासस/सिन्ह्वा) । दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र सङ्क्रमित भेटिएको जानकारी दिएका छन् ।दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन यहाँ ५८० जना सङ्क्रमित भेटिएका थिए ।
यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । यहाँ अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् ।
बिहीबार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म यहाँका १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!