इँटा भट्टाको खाल्डोमा बालकको शव भेटियो

Posted on: 19 Jun, 2021

असार ५, भक्तपुर | भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक बालकको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको प्रहरीले जनाएको छ । 

इँटा भट्टाको खाल्डोमा मृत अवस्थामा भेटिएका बालक शुक्रबार अन्दाजी ११:०० बजे हराएका थिए । प्रहरीलाई बालक हराएको जानकारी प्राप्त भएपछि खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा मृत अवस्थामा भेटिएका थिए । 

उक्त स्थानमा अनुसन्धान अधिकृतको टोली खटेर घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ । वालकको शव पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!