राष्ट्र निर्माणमा युवाको बिशेष खाँचो

Posted on: 12 Aug, 2016

ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । 

कार्यक्रममा जिल्ला युवा समिती डडेल्धुराका अध्यक्ष भरत मल्लले देशलाई आत्मनिर्भर बनाउन युवालाई स्वरोजगार बनाउन राज्यले पहिलो कदम चाल्नु पर्ने बताएका थिए । उनले आवश्यक जनशक्ति विदेश पलायन भएको प्रति दुःख व्यक्त गर्दै कुल आय ग्राहस्त बृद्धि गर्न युवा आकर्षित योजना बनाई उत्पादन मुखि शिप, शिक्षा लागु गर्नु पर्नेमा जोड दिएका थिए । उनले यो अन्तरक्र्रिया कार्यक्रमबाट युवा समितीले रणनिती तयार पार्ने बताएका थिए । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका यूवा प्रतिनिधी ईन्द्र महरले युवाले आफ्ना अधिकारका लागी तथा आफ्नो र देशको भविष्यको खाका कोर्दै गर्दा राजनैतिक दलहरुको उपस्थिती नरहेको भन्दै दुखेसो पोखेका थिए । डडेल्धुरा सदरमुकाम बागबजार देखि तुफानडाडाँ संम्म र्याली सहिती निर्माण व्यवसायी संघको सभा कक्षा सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले युवा साझेदारी गरी राष्ट्र विकासको खाका बनाईनु पर्नेमा जोड दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!