सुदुरपश्चिममा हुने दुर्घटनामध्ये ८५ प्रतिशत दुर्घटनामा चालकको लापरबाही

Posted on: 13 Aug, 2016

साउन २९, डडेल्धुरा । सुदुरपश्चिममा हुने अधिकांश दुर्घटनामा सवारी चालककै लापरवाहि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार सुदुरपश्चिममा हुने करिब ८५ प्रतिशत दुर्घटनामा चालककै लापरवाहिले हुने गरेका छन् । 

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा सुदुर पश्चिममा एक सय पचास दुर्घटनामा परि एक सय ४७ जनाले ज्यान गुमाएका छन् भने १ सय ५३ जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७२/०७३ मा एक सय ५५ वटा दुर्घटना भएकोमा १ सय २१ जनाको मृत्यु भएको छ । दुर्घटना भएपछि अनुसन्धानबाट चालकको लापरवाहिले धेरै घटना भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रमुख रमेश थापाले बताउनु भयो । 

वर्षेनी दुर्घटना हुदा चालकको कमजोरी रहेको र त्यसका लागी ट्राफिक नियमबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताएको छ । त्यस्तै टाफिक जनशक्ति न्युन हुदाँ पनि दुर्घटना न्युनिकरण गर्न झन चुनौति पूर्ण बन्दै गएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!