चुरे संरक्षणमा प्रभावकारी समन्वय नभएको सरोकारवालाको गुनासो

Posted on: 13 Aug, 2016

ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ ।

 गएको बर्ष असोज २० गते देखी काम सुरु गरेको समितिले शनिवार डडेल्धुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि गएको असार मसान्त सम्म गरिएका कामको बिबरण सार्वजनिक गरेको हो । 

कार्यक्रम लागु भए देखी समुदायमा आधारित चोरी शिकारी नियन्त्रण दल परिचालन तथा संस्थागत विकास, व्यवहार परिवर्तन कक्षा सञ्चालन, बिद्यालय स्तरमा जनचेतना अभिबृद्धि, बृक्षारोपण जस्ता कार्यहरु गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति जोगबुढाका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी गराउनु भयो । 

तराई भू–परिधी कार्यक्रम मार्फत उत्तर क्षेत्रमा पर्ने डडेल्धुराको चुरे क्षेत्रको संरक्षणको लागि सञ्चालन भईरहेका बिभिन्न कार्यहरुमा अहिले सम्म १२ लाख १३ हजार पाँच सय ५४ रुपैयाँ खर्च भएको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो । 

संरक्षणका लागि कुल १२ लाख ३५ हजार आठ सय ९४ रुपैयाँ बजेट निकासा भएको थियो । शनिवार आयोजित समिक्षात्मक कार्यक्रममा सहभागिहरुले भने समितिले आवश्यक समन्वयको कमी भएको बताएका थिए । समिति मार्फत सञ्चालन भएका आयाआर्जनका कार्यक्रम वन र वाताबरणसाग जोडेर गर्नु पर्नेमा त्यस्तो नगरिएको बताएका थिए । 

बन र बाताबरणसँग जोडिएका मौरी पालन, जटिबुटी, पुष्प व्यवसाय सञ्चालन लगायतका सिपमूलक कामहरु सञ्चालन गरिनु पर्नेमा सिलाईकटाई जस्ता कार्यक्रमहरु गरिको भन्दै बिषयबस्तुसँग मेलखाने कार्यक्रमहरु गर्न नेपाली कांग्रेसका प्रतिनीधि भरत नेपालीले कार्यक्रममा आग्रह गर्नु भयो ।

त्यस्तै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले समन्वयमा खासै ध्यान नदिएको भन्दै उस्तै गुनासो गरे । कार्यक्रममा मिमित्त जिल्ला वन अधिकृत लक्ष्मीराज जोशीले भने वनसंग समन्वय गरेर समितिले काम गरेको बताएका थिए । 

उनले सहकार्यमा बृक्षरोपण र चोरीसिकारी नियन्त्रणको काम भईरहेको जानकारी गराएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले भने अहिले वातारवरणीय जोखिम मुल्याङ्कन नगरी विकास निर्माणका कामहरु भईरहेकाले चुरे संकटमा रहेको बताउनु भयो । साथै महाभारत क्षेत्रमा तिब्र रुपमा भईरहेको दाउरा कटानले केही बर्षपछि उक्त क्षेत्रबाट डडेल्धुरा सदरमुकाममा ल्याईएको पानी नै सुक्ने अवस्था आएर पानीको हाहाकार मच्चिनेमा दुईमत नरहेको बताए । 

समितिले आलिताल गाविस र परशुराम नगरपालिका क्षेत्रलाई आधार बनाएर काम गरिरहेको छ । गएको बर्ष नगरपालिकामा काम गरेको समितिले यस बर्ष आलिताल गाविसमा काम गर्ने जनाएको छ । अबको ३५ बर्ष सम्म ती क्षेत्रमा यो कार्यक्रम सञ्चालनमा रहने समितिका अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!