मन्थली नगरपालिका पुर्ण खोप नगरपालीका घोषणा

Posted on: 13 Aug, 2016

प्रज्वल पाैडेल | साउन २९,रामेछाप | रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिएकाे छ ।

सदरमुकाम मन्थलीमा शनिबार मन्थली नगरपालिका र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रकाे आयोजना भएकाे एक कार्यक्रम घाेषणा गरिएकाे हाे । कार्यक्रममा प्रमुख अाथित्यता ग्रहण गर्दै सांसद आङटावा शेर्पाले अस्वस्थ्य ब्यक्ति भएमा देशको विकासले गति लिन नसक्ने बताउदै उहाँ स्वस्थ्य रहन खाेप लगाउनुपर्ने धारणा राख्नुभयाे

मन्थली बजारकाे सरसफाईलाई नगरपालीकाले व्यवस्थित गर्न नसकेकाे बताउनु भयाे ।उहाँले ढुवानी साधनको परमिटका बारेमा पनि समस्या समाधानगर्न आफूले सकेको पहल गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुदै अर्का सांसद कमला सुवेदिले स्वास्थ्य क्षेत्रकाे विकासमा महिलाको सहभागिता भूमिका उच्च  रहेको बताउनुभयो । उहाँले महिला स्वयम सेविकाहरुको सहयोगकै कारण मन्थली नगरपालीका पुर्ण खोप नगरपालीका घोषणा भएको बताउनुभयो ।

यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मन्थली नगरपालीकालाई पुर्ण खोप बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!