अवैध काठ सहित ४ जना पक्राउ

Posted on: 14 Aug, 2016

साउन ३०, हेटौडा | अवैध काठ सहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

अवैध रुपमा काठ ओसारपसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा साउन २८ गते जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले हेटौडा १९ शक्ति खोलाबाट काठ वरामद गरेको हो। काठ ओसार पसारमा संलग्न मनहरी ५ का  २४ बर्षे काजिराम प्रजा, हेटौडा १९का ३२ बर्षे राज कुमार मोक्तान र हेटौडा १९कै ३४ बर्षे राज दोङ पक्रउ परेका छन् । 

अवैध सालको काठ ७.५४ क्युफिट सहित पक्राउ परेका उनि हरुलाई आवशयक कारवाहिको लागी आज  जिल्ला वन कार्यालय मकवानपुरमा बुझाईएको।जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!